नसोचेको दिन

एका बिहानै मेरो ल्यापटपमा न्युजका साईट हेर्दै थिए। कफिको एक सिप बल्ल लिदै थिए। भनौ सधै जस्तो मेरो दिनको सुरूवात हुदै थियो। अचानक मोबाइल बज्यो। अचानक यस अर्थमा कि बिहानीको समयमा प्रायः कसैबाट फोन र म्यासेज पाउने गर्दिन थियो। साथीको म्यासेज रहेछ। 'टिचिङ हस्पिटल आई हाल न, अर्जेनट ए प्लस व्लड चाहियो। तेरो ए प्लस भएकोले तलाई सम्झिहाले।'
उस्ले अङ्ग्रेजीमा लेखेको थियो यही अर्थ दिने गरि। मेरो घर बाट लगभग १०-१५मिनेटको ड्राइभिङ दुरिमा हस्पिटल थियो। बाईक निकालेर हुईकिए। र साथी यही हस्पिटलको एकजना स्टाफ थियो। म हस्पिटल पुग्ने बित्तिकै मलाई एकछिन आराम गर्न लगाईयो। केहि आबश्य प्रशिक्षण र जाच पछि मलाई अप्रेशन कक्ष भित्र लगियो।  भित्र पस्ने बेला मेरो साथीले भन्यो 'बिरामी चाहीँ तेरो चिन्ने मान्छे हो। बिहानै एकसिडेन्ट केशमा आएको।' म भयभित अनुहार लिएर भित्र पसेको थिए र बेडमा को रहेछ बिरामी भनेर चिन्न उत्सुक पनि थिए। माया लग्दो अबस्थामा बेडमा लडिरहेकी तिनी अरू कोही नभएर मेरी पुर्व प्रेमीका रहेछन्। अनुहार भरि रगतको दाग लागेको, आखाँ चिम्म। मुटु कट्क्क बिज्यो त्यो दृश्यले। म मेरो आखा चिम्म गरेर संगैको बेडमा पल्टिए, मरो शरीर बाट थोपा थोपा गर्दै रगत उनको शरीरमा सिन्चित हुन थाल्यो। मैल फेरि उनी तिर हेर मेरो मनमा भएको उनको लागी सम्पूर्ण गाली अनि घृणा एकै झट्कामा मायामा परिणत भैसकेको थियो। उनी अचेत थिईन्। मेरो दिमागले भने दुई गुणा काम गर्दै थियो। म बिगत सम्झदै थिए। बिशेष गरेर म त्यो बिगतको सानो टुक्रा जस्ले मेरो मुटु छिया छिया पारेको थियो। लगभक १ बर्ष अगाडीको कुरा हो। उनको फेसबुकमा नयाँ फोटो रहेछ एकजना केटा संग। मैल त्यो देखेर उस्लाई लेखे 'को हो त्यो फोटोमा तिमी सित त्यसरी नजिकिएर बस्ने मान्छे।' 'साथी!' उनले भनिन्। 'कस्तो साथी।' 'साथी पनि यस्तो उस्तो हुन्छ त।' 'मलाई मन परेन।' 'तिमीलाई मन नपरे मलाई के मतलब।' म उनको जवाफले झस्किए। मैले केहि लेख्नु अगी नै फेरि उस्ले स्माईली पठाईन्। 'अई लभ यु।' मैल यता बाट लेखेर पठाए। 'आई नो।' भन्नै जवाफ आयो। 'डु यु लाईक हिम।' मैले सोधे। ' ह्वाट? ' 'नथिङ्।' अनि एकै छिन दुबै जाना मौन। उनि केहि लेख्दै थिईन टाईपिङ् भन्ने मैले दिखे। एकदम उत्साह साथ मैले उस्को म्यासेज कुर्नथाले। एकछिन पछि लामो म्यासेज आयो यस्तो लेखिएको थियो। 'मलाई लाग्छ हामी दुबै एक अर्काको समय खेर फालिरहेका छौ। म यो समय माया भन्दा पनि आफ्नो भबिष्य तिर कोन्द्रित हुन चाहान्छु। मलाई आशा छ तिमी बुझ्छौ होला। अमेरिकामा जिवन धान्न एकदम जटिल छ। अनि म पहिले नै धेरै टेन्सनमा छु त्यसैले म केहि समय ब्रेक लिन चाहान्छु। कसे सम्म सबै कुरा केहिबेरको लागी भुलेर ब्रेक लिन चाहान्छु। मलाई आशा छ तिमीले नानाथरी प्रश्न सोधेर मलाई हैरान पर्ने छैनौ।' यस्तो म्यासेज आएछ। २बर्षको हाम्रो लामो सम्बन्ध। अनि ६ महिनाको हाम्रो भौगोलिक दुरि। अनि यस्तो म्यासेज उनीबाट पहिलो पटक पाउदै थिए। म रनथनीए रिसले भुतभुतिए तर मैले उनलाई केहि पनि भनिन् म्यासेजको रिप्लाई पनि गरिन। केहि समयपछि उनले मलाई अनफ्रेन्ड गरिछे। उनको आसय मैले बुझिहाले। लगभग एक सात पछि उनको फेसबुक चहार्दै थिए। नयाँ फोटो हालेछिन त्यहि युवक संग। मन दुखाऊने खाल्को फोटो थियो गाला जोडिएको। क्याप्सन अझ पिडादाहि थियो, 'ब्लेस्ट टु ह्याब हिम ईन माई लाईफ, माई लब।'  त्यो पढेर त मेरो रिसले हरेक सिमा पार गर्यो। चित्त यस्तो दुखिरहेको थियो, रगत उम्लेर हाड मासु नै छिचोल्नु जस्तो भईरहेको थियो। उस्लाई फेसबुकमा म्यासेज गरे 'किन?, आखिर किन?' एकै छिन पछि उता बाट रिप्लाई आयो। 'के भयो।' रिस हाबी थियो म मा मैले लेखे 'तिमीले त्यो केटा संग रात पनि बिताएकी छौ।' जवाफ आयो 'ह्वाट? ननसेन्स, गेट लस्ट! गुड बाई।' मैल पनि जे पाए त्यहि लेखिदिए। अनि केही बेरको टाईपिङ पछि उता बाट जवाफ आयो 'तेरो अनुहार कहिले पनि देख्न नपरोस्। यदि तलाई जान्ने मन लागेको भए मलाई उ संग त्यसरी समय बिताउन कुनै समस्या छैन। नाउ प्लिज, गेट लस्ट।' त्यस पछि मलाई ब्लग गरिन, हरेक सामाजिक संजालहरू बाट, उनी संगको सम्पर्कलाई लगभग असम्भव बनाएर। सम्बन्ध र साथ टुटेको १ बर्ष पछि, उनलाई आज यसरी हस्पिटलको बेडमा देखे पछि मैले उनको त्यहि वाक्यांश सम्झिए 'तेरो अनुहार कहिले पनि देख्न नपरोस्।' अनि उनको आखाँ खोल्नु अघिनै म त्यहाँ बाट निस्किन उचित ठानेर निस्किए। जादा जादै उनको शिघ्र स्वास्थ्य लाभको कामना गरे। मलाई, म उस्लाई अझै कति माया गर्छु भन्ने चेतना हुदै थियो। तर फर्केर नहेरि कन हिडिहाले।

Source - Unknown

Comments